चर्चित गायक योगीकोे ‘शिशिर’ गीति एल्बम सार्वजनिक

लाेकपाटी न्यूज

काठमाडौं, ७ चैत । चर्चित गायक शिशिर योगीकोे ‘शिशिर’ गीति एल्बम सार्वजनिक भएको छ । ‘मानिस खोजिरहेछु’ भन्ने राष्ट्रवादी गीतबाट चर्चित बनेका गायक योगीको ‘शिशिर’ बिहिबार काठमाडौमा सार्वजनिक भएको हो ।

सो एल्बमको शताब्दी पुरुष सत्यमोहन जोशी, गीतकार रत्न शमशेर थापा, कालिप्रसाद रिजाल, म्युजिक नेपालका प्रमुख सन्तोष शर्मा र बरिष्ठ पत्रकार कनकमणि दीक्षितले सार्वजनिक गरे । म्युजिक नेपालले प्रकाशनमा ल्याएको यो एल्बममा नयाँ र पुराना दुबै पुस्ताका गायक तथा संगीतकारलाई समेटिएको छ ।

बरिष्ठ गायक रत्नशम्शेर थापाद्वारा रचितमात्रै ५ गीत रहेको यो एल्बममा शताब्दी पुरुष जोशी, गत साल निधन भएका साहित्यकार कमलमणि दीक्षित, गीतकार कालीप्रसाद रिजाल र भीम बिराग लगायतबाट रचित गीत छन्। ९ वटा गीतहरुको संकलन रहेको एल्बममा स्व नारायण गोपाल, स्व अम्बर गुरुङ, नोर्वु छिरिंग, राजकुमार श्रेष्ठ, सन्तोष श्रेष्ठ र योगी आफ्नै संगित रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्