महानिरीक्षक खनाल थाइल्याण्ड प्रस्थान, के छ कार्यक्रम ?

DSC_6912
लाेकपाटी न्यूज

काठमाडौं, ६ चैत। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल मित्रराष्ट्र थाइल्याण्डको बैंककमा सम्पन्न हुने Third Meeting of the BIMSTEC National Security Chiefs बिषयक कार्यक्रममा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका छन्।

प्रहरी महानिरीक्षक खनालसँगै उक्त कार्यक्रममा सहभागी हुन सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्गबहादुर राई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र परराष्ट्र मन्त्रालयका प्रतिनिधि शाखा अधिकृत सोमेश थापा समेत त्यसतर्फ प्रस्थान गरेका हुन्।

उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरु, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक लगायत बरिष्ठ प्रहरी अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरमा शुभकामनासहित विदाई गरे।

चैत ७ गते सञ्चालन हुने उक्त कार्यक्रममा BIMSTEC सदस्य राष्ट्रका सुरक्षा प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहने कार्यक्रम रहेको छ । कार्यक्रममा आतंकवाद, हातहतियार, लागूऔषध, मानव बेचबिखन लगायतका संगठित अपराध तथा विपद व्यवस्थापन र सुरक्षा क्षेत्रका विविध विषयमा सदस्य राष्ट्रहरुका वीच सहयोग आदान प्रदान, क्षमता अभिवृद्धि, असल अभ्यास तथा अनुभव समेतको आदान प्रदान लगायतका विषयमा छलफल हुनेछ ।

खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले प्रहरी प्रधान कार्यालयको दैनिक काम कारवाही सम्हाल्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्