सलिनले यसरी मनाए होली

salin
लाेकपाटी न्यूज

काठमाडौं, ६ चैत । बुधबार देशभर हर्षोल्लासका साथ होली पर्व मनाइदै गर्दा सेलिब्रेटीहरुमा पनि होलीको रौनक छाएको छ ।

रङ्गहरुको पर्व अर्थात असत्य माथि सत्यको जितको रुपमा लिइने यस पर्वलाई चैत्रको अन्तिम साता अर्थात् २९ गते रिलिज हुने फिल्म ‘यात्रा स् अ म्युजिकल भ्लग’ युनिटले एकआपसमा मनाएका छन् । एकअर्कालाई रङ्ग तथा अविर लगाउदै फिल्म युनिटले होली मनाएको हो ।राइजीङ स्टार सलिन मान बनियाँसँगै डेब्यु गर्ल मलिका महत , जान्हवी बस्नेत , प्रेक्षा बज्राचार्य , रेअर राई , विशाल सापकोटा , निर्देशक सम्राट शाक्य , प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ , निर्माता सुशील पोखरेल , प्रोडक्सन म्यानेजर मनोज जोशी , द्वन्द निर्देशक हिमाल केसी लगायतले होली मनाएका हुन् ।

उनीहरु गैरीधाराको रोयल एम्पायर होटेल , सिटी फ्ल्याश स्विमिङ पुल भक्तपुरसँगै नयाँ वानेश्वरमा आयोजना हुने रेडियो अडियो होली कार्यक्रम र विभिन्न मिडियाको आयोजना रहने होली कार्यक्रममा पनि सहभागी भएका छन् ।

‘रङ्गहरुको पर्व होलीलाई हामी मिडिया र दर्शकसँग मनाउदै छौ’ उनले भने ‘होलीलाई रङ्गसँगै सद्वावको पर्वको रुपमा पनि लिइने भएकोले मन पर्छ ।’ यी सम्पूर्ण स्थानमा यात्रा युनिटकै उपस्थिति रहनेछ । सलिन पनि यसपटकको होलीलाई लिएर निकै उत्साहित छन् । ‘होली मलाइ मन पर्छ तर प्राय आफ्नै सर्कलमा मात्र मनाउने गरेको छु’ उनले भने ‘यसपटक भने दर्शक र मिडियासँग होली मनाउदैछु , विभिन्न स्थानमा पुग्दैछु ।’

उनले पहिलो पटक यस किसिमको अनुभव होलीलाई लिएर संगाल्न लागेका हुन् । उनिसँगै उनको यात्रा टिम साथमा रहनेछ । फिल्ममा उनि भ्ल्गिस्टको भूमिकाछन् । फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै छिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह९ निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्