काठमाडौं, ६ चैत । युटयुबमा अश्लील संवाद तथा अन्तर्वार्ता कार्यक्रम उत्पादन र सञ्चालन गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले ‘मस्ती टक टाइम’ कार्यक्रम उत्पादन गर्ने राजकुमार कँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र आफूलाई मोडल बताउँदै आएकी परी तामाङलाई पक्राउ गरेको हो ।
उनीहरुलाई पहरीले कलंकीबाट पक्राउ गरेको हो । परिसर पवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ परेकालाई साइबर अपराधअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ । ‘अश्लील संवादमार्फत समाजमा अश्लीलता फैलाएकै कारण उनीहरु पक्राउ परेको प्रहरीको दाबी छ ।
फूलचोकी मिडिया हाउस प्रालिका नाममा उत्पादित कार्यक्रम मोडल र मनोरञ्जन क्षेत्रमा कार्यरत महिलासँग अन्तर्वार्ता गरिन्छ । जसमा प्रस्तोताले अश्लीलसँगै निजी जीवनसँग सम्बन्धित यौनजन्य प्रश्न सोध्ने गरेका छन् ।



लाेकपाटी न्यूज

