काठमाडौं, ५ चैत । नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका महामहिम राजदुत फाम सान्ह चाउले हिजो एक विशेष समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्या देवी भण्डारीज्यू समक्ष ओहदाको प्रमाण पत्र पेश गरेका छन् ।
महामहिम राजदुत फाम सान्ह चाउले आज सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीज्यूसँग भेट गरी दुई देश बीच आपसी सहयोगका विषयमा छलफल समेत गरको छन् । छलफलका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले आफू भियतनामी नेता होचिमिन्हबाट ज्यादै प्रभावित भएको तथा उहाँका बारेमा धेरै पुस्तकहरु अध्यय्न गरेको कुरा बताए ।
ओलीले दुई देशबीच विविध क्षेत्रमा समानता रहेको तथा विद्यमान सुमधुर सम्बन्धलाई थप उचाइमा पु¥याउनु पर्ने कुरा बताए । साथै महामहिम राजदुतले सम्माननीय सभामुख श्री कृष्ण बहादुर महरा तथा माननीय परराष्ट्र मन्त्रीसँग छुट्टा–छुट्टै भेट गरी आपसी हित तथा अनुभव आदान प्रदान गरी दुई देश बीचको सम्बन्ध अझ मजबुत बनाउने विषयमा छलफल गरेका छन् ।
भेटघाटका क्रममा महामहिम राजदुतले दुई देशबीच धेरै कुरामा समानता रहेको कुरा बताएका छन् । उनले भियतनामले छोटो समयमा नै मुलुकको आर्थिक स्थिति, व्यापार प्रवद्र्धन, पर्यटन, कृषि, सूचना प्रविधि लगायत विभिन्न क्षेत्रमा सफलता हासिल गरेको बताए । साथै भियतनाम तथा नेपालले प्राप्त गरेका सफलता तथा अनुभवहरु आपसी हितमा प्रयोग गर्न सकिने कुरा बताउँदै भियतनामी जनताहरु बुद्धको जन्मभुमि लुम्विनी भ्रमणका लागि लालायित रहेको ुमेत बताए ।
कार्यक्रममा नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदुत श्री राजेश काजी श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।



लाेकपाटी न्यूज

