लागूऔषधसहित शाह पक्राउ

arrested
लाेकपाटी न्यूज

काठमाडौं, ५ चैत । प्रहरीले काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सडक किनाराबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतीहारी रक्सौल थाना आश्रमरोड–८ बस्ने २२ वर्षीय रमेश शाह हुन् ।

उनलाई नियन्त्रित लागूऔषधसहित लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट बुप्रेनोर्फिन नूफिन २ सय एम्पुल, डाईजेपाम २ सय एम्पुल र फेनारगन १ सय ८० एम्पुल लागूऔषध नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्