दाङ, ४ चैत । सरकारले प्रतिबन्ध लगाएपछि आक्रोशित बनेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चार जना कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले उनीहरुहरुलाई दाङ र सल्यानवाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा श्याम पुन मगर, मदन केसी (वैज्ञानिक), गणेश आरसी र खुमmाm वली रहेका छन् । रोल्पाको सुनछाहारी गाउँपालिका निवासी १९ वर्षीय श्याम पुन मगरलाई तुलसीपुर उपमहानगरपाप्रिहरी प्रमुख लका वडा नं ३ दमारगाउँ दाङबाट पक्राउ गरिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए । पुन जनसांस्कृतिक परिवारसँग आवद्ध रहेको खुल्न आएको छ । पुनविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत मुद्दा चलाइएको प्रहरीले बताएको छ ।
त्यस्तै नेकपाका जिल्ला सदस्य मदन केसी (वैज्ञानिक), अखिल क्रान्तिकारीका जिल्ला सचिव गणेश आरसी र युवा संगठनका जिल्ला सदस्य खुमलाल वलीलाई सल्यानबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिए । उनीहरुलाई पनि सार्वजनिक कसुर विरुद्धको मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ ।



लाेकपाटी न्यूज

