‘बैंकको जथाभावी लगानी रोक्न छुट्टै कानून बनाउँछौं’ : अर्थमन्त्री

Yubraj Khatiwoda
लाेकपाटी न्यूज

काठमाडौं, ४ चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुलाई जथाभावी लगानी नगर्न आग्रह गरेका छन् । उनले बैंकको त्यस्तो मनोमानी रोक्न छुट्टै कानुन बनाउने तयारी भइरहेको पनि जानकारी गराएका छन् ।

काठमाडौंको नयाँ बानेश्वरमा नागरिक लगानी कोषको कार्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सरकारले बैंक तथा वित्तिय संस्थाहरुलाई नियमन गर्न छुट्टै कानुन बनाउने तयारी गरेको बताए । उनले बैंक तथा वित्तिय संस्थाहरुले जथाभावी लगानी गर्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले छुट्टै कानुन बनाउने तयारी गरिरहेको बताए ।

उनले पूँजी बजारमा लगानी बढाउन कोषलाई निर्देशन समेत दिए । मन्त्री खतिवडाले सरकारी बैंक तथा वित्तिय संस्थाहरुले मौद्रिक बजारमा लगानी गर्न नपाउनेतर्फ पनि सचेत गराए । आयआर्जन हुने क्षेत्रमा लगानी गरेर नागरिक लगानी कोषले पूँजी बजारको विस्तारमा योगदान दिनुपर्ने अर्थमन्त्री खतिवडाको भनाइ छ ।

अर्थमन्त्री खतिवडाले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन पनि नागरिक लगानी कोषको गम्भीर ध्यानाकर्षण गराएका छन् ।