अवैध लागूऔषधसहित तीन पक्राउ

nepal-police
लाेकपाटी न्यूज

काठमाडौं, ४ चैत । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरेस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४५ केजी सहित भारत बिहार बस्ने ३५ वर्षीय बिष्णु कुमार शाहसमेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ जाँदै गरेको डब्लुबि–०६–६३०९ नम्बरको गाडी जाँच गर्ने क्रममा डिक्किमा प्लाष्टिकमा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी चालक शाह र गाडीमा सवार २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

मोरङको रतुवामाई नगरपालिका–४ आमबारीस्थित सडकबाट लागूऔषध गाँजा करिब १५ केजी फेला पारी आइतबार साँझ प्रहरीले बरामद गरेको छ । सोही नगरपालिका–२ मियाटोल बस्ने ५० वर्षीय भभला भन्ने मेहेरोउदिन मियाले सोही नगरपालिका–४ भद्र चोक बस्ने ४५ वर्षीया शोभादेवी शाह र उनका छोरा २५ वर्षीय राहुल भन्ने विक्की शाहलाई उक्त लागूऔषध दिँदै गरेको अवस्थामा प्रहरी चौकी झुर्कियाबाट खटिएको प्रहरी टोलीलाई देख्ना उक्त गाँजा छाडी फरार भएपश्चात प्रहरीले उक्त लागूऔषध बरामद गरेको हो ।

फरार अभियुक्तहरुको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्