– हेमकला अधिकारी
हिन्दु धर्मअनुसार फाल्गुन शुक्ल पुर्णिमाको दिन आफ्नाे आफन्तजन, मित्रजन तथा प्रियजनहरुसँग विभिन्न प्रकारका रंगहरु खेल्ने, मिठामिठा परिकार खाने तथा बाजागाजा बजाएर रमझम गर्ने गरिन्छ । उक्त दिनलाई होली पर्वको रुपमा मनाइँदै आइएको छ । यस पर्वलाई हिन्दु धर्मावलम्बीहरुले अत्यन्तै महत्वपूर्ण र मनोरञ्जनात्मक पर्वको रुपमा लिइएको पाइन्छ ।
फागु पूर्णिमा वा होली पर्वमा आप्mना प्रियजनहरसँग विभिन्न प्रकारका रंगहरुको माध्यमबाट एकदमै उल्लासमय वातावरण सिर्जना हुन्छ । नेपालमा तराईमा होली र पहाडमा होली पनि दुई दिन मनाइने गरिन्छ । हिन्दु धर्मग्रन्थ अनुसार भगवान विष्णुका भक्त प्रल्हादलाई मार्न भनि हिरण्य कस्यपुकी बहिनी होलीकाले रचेको षड्यन्त्रमा प्रल्हाद बाँच्न सफल हुनभयो र होलिका आफैं आप्mनो षड्यन्त्रमा फसेर जलेर खरानी भएको हुनाले प्रल्हादका भक्त तथा समर्थकहरुले एक आपसमा रंग, अबिर लगाएर बाजागाजा बजाए । पुष्प वर्षा गराएका थिए । सोही दिनदेखि होली पर्व मनाउन थालिएको र होलिकाको मृत्यु भएको खुसियालीमा यो पर्व मनाउन थालिएकाले होली नाम रहन गएको भन्ने धार्मिक किम्बदन्ती रहेको पाइन्छ ।
यस पर्वलाई मर्यादित ढङ्ले मनाउने हो भने एकदमै हर्ष उल्लासका साथ सम्पन्न गराउन सकिन्छ । तर पछिल्लो समयमा केही मानिसहरुले होली पर्वलाई नकारात्मक तरिकाले मनाइरहेको पाइन्छ । होलीको नाममा होली पर्व आउनुभन्दा हप्तादिन अगाडीदेखि नै बाटो हिँड्ने मानिसहरुलाई लक्षित गरि लोला हान्ने, पानी छ्याप्ने प्रवृत्ति एकदमै विकृतीको रुपमा देखिएको छ । शहरबजारका गल्ली गल्लीहरुमा साना साना बालबालिकादेखि लिएर युवायुवतीहरुले घरको छतमा बसि आप्mनो काम विशेषले हिंडेका बटुवाहरुलाई लक्षित गरि लोला हान्ने प्रवृत्तिले घरबाहिर निस्किएर हिँड्न पनि डरमर्दो स्थिति सिर्जना गराउँदछ । आप्mनो मनोरञ्जनका निम्ती गरिएका यस्ता अस्वाभाविक कार्यले सर्वसाधारण माथि नकारात्मक प्रभाव पार्दछ । आप्mनो कारणले अरु कसैलाई असहज हुन्छ र उसलाई नकारात्मक प्रभाव पर्दछ भने त्यो अमानवीय व्यावहार हो । त्यसैले बिना मन्जुर जो कोहीलाई आप्mनो आनन्दको निम्ति लोला हान्नु रंग दल्नु तथा पानी छ्याप्नु एकदमै गलत हो ।
यसैगरी होली मनाउने भनेर विभिन्न किसिमको नसालु पदार्थहरु जस्तै (गाँजा, भाङ, धतुरो) इत्यादी मिसाएर खाने तथा खुवाउनाले क्षणिक रमाइलो त होला तर दिर्घकालमा नकारात्मक प्रभाव पार्दछ । रमाइलो गर्ने भन्दैमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, झगडा गर्ने तथा अरुलाई जबरजस्ती होलीमा सामेल गराउने जस्ता घटनाहरु विगतमा भन्दा पछिल्लो समयमा घट्दै गएको छ । त्यसैले हिन्दु धर्ममा चलिआएको परम्परा र संस्कृतिको जर्गेना गर्नको लागि मर्यादित ढङ्गबाट तोकिएको दिन मात्रै होली पर्व मनाउनु स्वाभाविक हो । तर, होली मनाउने भन्दैमा विभिन्न किसिमका अनैतिक क्रियाकलाप गर्ने तथा अरुलाई असर पर्ने खालका कार्यहरु गर्नु एकदमै गलत हो । त्यसैले फागु पूर्णिमा अर्थात होली पर्वको दिन आप्mनो मन मिल्ने साथीभाई, इष्टमित्र, छरछिमेकी तथा प्रियजनहरु एउटा खुल्ला ठाउँमा जम्मा भएर सहमतिमा होली खेल्दा राम्रो हुन्छ । यसले गर्दा सकारात्मक वातावरण सिर्जना हुन्छ ।
यसरी होली मनाउँदा पनि रसायन युक्त रंगको प्रयोग गर्नु तथा फोहोर पानी वा हिलो छ्याप्नु स्वास्थ्यको दृष्टिकोणले एकदमै असरयुक्त मानिन्छ । त्यसैले आप्mना संवेदनशिल अङ्गहरुलाई ध्यानमा राखी सहज वातावरणमा होली मनाउनु पर्दछ । कतिपय मानिसहरुले होली के हो ? कसरी मनाउनुपर्छ र किन मनाउनु पर्छ ? यसको फाइदा बेफाइदा तथा महत्व के छ ? भन्ने कुराको जानकारी नपाएकै कारणले पनि अनैतिक क्रियाकलाप गरेको हुनसक्ने भएकाले, होली पर्व नजिकिँदै गर्दा विभिन्न सञ्चार माध्यमहरुबाट यसको महत्व तथा सहि ढङ्गबाट मनाउने तरिकाको बारेमा तिब्र रुपमा जानकारी गराउँदै यो पर्वमा कसैले पनि अनैतिक क्रियाकलाप तथा अमर्यादित कार्य गरेको पाईएमा कडा कानूनी कारबाही हुने वा गरिने भनि सुचना प्रचार प्रसार गर्नुपर्छ । साथै स्कूल र कलेजमा अध्ययनरत केटाकेटीहरुलाई सम्बन्धीत शैक्षिक संस्थाका शिक्षकहरुले उनीहरुको स्तर अनुसार होली पर्वको महत्व र खेल्ने तरिका बारे सिकाउनु पर्छ । त्यसैगरि सर्वसाधारण सबैमा जनचेतना जगाउने कार्य गर्दागर्दै पनि कोही कसैले यस्तो अमानवीय व्यावहार गरेको पाईएमा कडा संजाए दिने हो भने यस्तो प्रवृत्तिको विल्कुलै कमि हुँदै जान्छ ।
कतिपय हामी मानवहरु शिक्षित भएर पनि अरुलाई शिक्षा तथा उपदेश दिनुको स¤ा आफै समाजमा उश्रृंखल क्रियाकलाप गर्न अग्रसर हुन्छौं । त्यसैले नकारात्मक कार्यको अन्त्य गर्नका लागि सम्पूर्ण शिक्षित वर्ग, सञ्चारकर्मी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, स्थानिय निकाय, सरोकारवाला व्यक्ति तथा सम्पूर्ण सर्वसाधारण जनताहरु आप्mनो आप्mनो क्षेत्रबाट सक्रिय रुपमा हाम्रा परम्परागत चाडपर्वको उद्देश्य र महत्व बुझेर अघि बढ्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ । त्यसैले हाम्रा ऐतिहासिक एवं परम्परागत चाडपर्वहरु हाँसीखुसी रमाइलो वातावरणमा मनाएर संस्कृति संरक्षण गरौं र सभ्य नागरिक भएर बाँच्न सिकौं ।
हेमकला अधिकारी, मध्यठिमी – भक्तपुर ।



लाेकपाटी न्यूज

