चितवनमा प्रहरीको सक्रियता, तस्करदेखि जुवाडेसम्म नियन्त्रणमा

nepal-police
लाेकपाटी न्यूज

चितवन, ३ चैत । पूर्वी चितवनमा प्रहरीको सक्रियता बढेको छ । प्रहरीको सक्रियता बढेसँगै जुवाँ खेल्ने पक्राउ परेका छन् भने अवैध काठ र लागूऔषध गाँजा बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय टाँडीको टोलीले शनिबार रत्ननगर नगरपालिका–१२ जयमंगलामा जुवा खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट प्रहरीले एक लाख एक हजार ८२५ रुपैयाँ बरामद गरेको छ ।

त्यस्तै प्रहरीले शनिबार नै राप्ति नगरपालिका–१२ हङपुङबाट एक क्विन्टल ५ किलो अवैध लागूऔषध गाँजासमेत बरामद गरेको छ । त्यस्तै आइतबार कालिका नगरपालिका वडा नम्बर–८ जुटपानीबाट ना ६ त १६५८ नम्बरको ट्याक्टरमा लोड गरिएको ११० पिस सिसौको अवैध चिरान काठ बरामद गरेको छ ।

काठ बरामद भएको ट्याक्टर र ट्याक्टर चालक झगलाल प्रजालार्ई प्रहरीले नियन्त्रणमा लएर थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय पठाएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीले बताए ।

प्रहरीले केहि दिन अघि एक हप्ताको लागि पूर्वी चितवनमा सञ्चालन गरेको एक टोल एक घण्टा अभियानको क्रममा एक लाख लिटर भन्दा बढी अवैध घरेलु मदिरा बरामद गरेर नष्ट गरेको थियो

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्