विप्लव समूहका पोलिटब्युरो सदस्य कार्की पक्राउ

माेहन कार्की
लाेकपाटी न्यूज

काठमाडौं, २ चैत । प्रतिबन्धमा रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्व समुहको नेकपाका पोलिटब्युरो सदस्य राजधानीबाट पक्राउ परेका छन् ।

विप्लव नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ लाई ललितपुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई गएराति पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएपनि विस्तृत विवरण भने खुलाएको छैन ।

ललितपुरकै नख्खुस्थित एनसेल मुख्यालयअगाडि केही समयअघि विप्लव समूहले बम विस्फोट गराउँदा एक जनाको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए । यसपछि पनि उक्त समूहले मुलुकका विभिन्न स्थानमा बम विस्फोट लगायतका गतिविधि गर्दै आएको थियो । पछिल्लो समय कार्की विभिन्न सञ्चारमाध्मममा समेत अन्तवार्ता दिँदै आईरहेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्