नेपाल प्रहरीको सवारी तालिम

Nepal police
लाेकपाटी न्यूज

काठमाडौं, ३० फागुन। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा ९औं समूहको हेभि सवारी चालक तालिम बिहीबार समापन भएको छ।

सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तमलाल प्रधानले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरे। तालिममा आर्जन गरेका सवारी साधन सम्वन्धि नयाँ प्रविधिको ज्ञानलाई आफ्नो कार्यक्षेत्रमा लागू गर्नुपर्ने उनले बताए।

कार्यक्रममा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी निरीक्षक अनुप श्रेष्ठले ३० कार्य दिनको उक्त तालिममा प्रहरी हवल्दार ३ र प्रहरी जवान ३८ जना गरी कूल ४१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्