जागिर आफ्ना छोराछोरीलाई होइन, गरीबलाई दिनुस् : प्रधानमन्त्री

Kp sharma oli
लाेकपाटी न्यूज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई इमान बचाएर काम गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता नभुल्न पनि जनप्रतिनिधिलाई सम्झाउँदै अवसरहरु सक्षम र आफ्ना छोराछोरीलाई नभएर सक्षम गरीबलाई दिनसमेत आग्रह गरे ।

नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको इमान डगमगायो भने जनताको जनप्रतिनिधिमूलक संस्थामाथिको विश्वास पनि डगमगाउने बताए ।

“जनप्रतिनिधिमूलक संस्थाप्रति जनताको विश्वास घट्यो भने लोकतन्त्र कमजोर हुन्छ” प्रधानमन्त्रीले भने, “त्यसकारण तपाईंको आचरणका आधारमा लोकतन्त्रप्रति जनताले दृष्टिकोण बनाउने हुन्। यसमा सबैले सजग हुनुपर्दछ ।”

“निर्वाचनका बेला तपाईंले छोराछोरीसँग होइन, मतदातालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो” प्रधानमन्त्री ओलीको भनाइ छ। नेपालबाट पृथकतावादी आन्दोलन समाप्त भएको स्पष्ट पार्दै “पृथकतावादका नाममा ठाउँ ठाउँमा कार्यपत्र प्रस्तुत गरेर हिड्नेले अहिले यसको विरोध गरेका छन्” प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले स्थानीय तहका अधिकारका विषयमा नगरपालिका संघ, गाउँपालिका महासंघ र जिल्ला समन्वय समिति महासंघका प्रतिनिधिसँग छलफल गर्ने बताए। कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिकाका असल अभ्यास नामको पुस्तक बिमोचन गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्