काठमाडाैं । हामी आजकाल शरिरको आवश्यकताका लागि भन्दा पनि समयका लागि खाना खाने भएका छौं । हामी यति ब्यस्त भएका छौं की खाना खानका लागि पनि कयौंले समय तालिका बनाएका हुन्छौं । तर समय ब्यवस्थापनको यो तरिका सबै तरिकाले हानी नै गर्ने भने अवश्य छैन ।
हामी आफ्नो आवश्यकता अनुसार चलेका छौं त ? खानाको कुरामा पनि हामीलाई घडिले कजाइरहेको छ । हरेक सेकेण्ड उत्तिकै महत्वपूर्ण ठान्ने हामी आफ्नो शरिरलाई महत्व दिएकै हुँदैनौं । फलस्वरुप आजकाल मानिसहरुलाई लाग्ने रोगका प्रकृतिहरु पनि बदलिएका छन् । मानिसलाई लाग्ने अधिकांश रोगहरु खानपानकै कारण लाग्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
भोक लागेपछि खाना खानुका फाइदा
शरीरको आवश्यकता पुरा हुन्छ । शरीरले पौष्टिक तत्वलाई राम्ररी ग्रहण गर्छ । थकान कम हुन्छ । काममा ध्यान केन्द्रित गर्न सकिन्छ । खाना खानकै लागि समय कुरिरहनु पर्दैन ।
भोक लागेपछि मात्र खाना खाँदाका बेफाइदा
सही पोषकतत्व प्राप्त गर्न सकिन्न । आवश्यकताभन्दा बढि खाइन्छ । समय व्यवस्थापन गर्न गाह्रो हुन्छ ।
समयअनुसार खाना खाँदाका फाइदा
सेड्यूलमा चल्न शरीर अभ्यस्त हुन्छ । एसिडिटी र थकान हुँदैन । शरीरलाई खाना सोस्न समय प्राप्त हुन्छ । समय व्यवस्थापन गर्न सजिलो हुन्छ ।
समयअनुसार खाना खाँदाका बेफाइदा
भोक मर्छ । खाना नाश हुन्छ । पेटमा विभिन्न किसिमका समस्या हुन सक्छ । जबरजस्ती खाँदा खाना रुच्दैन । चाँडै थकान हुन्छ ।
राती अबेर खाना खानुहुन्छ ? यस्ता रोग लग्न सक्छ
राती अबेर खाना खाएर तुरुन्त सुत्दा खाना बोसोमा बदलिन्छ । यसले मोटोपनको समस्या हुन्छ । राती अबेर खाना खाँदा मोटोपन बढ्छ । यसले ब्लड शुगर लेबल बढाउँछ । र, मधुमेह निम्त्याउन सक्छ । राती अबेर खना खाँदा खाना राम्ररी पच्न पाउँदैन । यसले गर्दा अपचको समस्या हुनसक्छ । राती खाना खाएर तुरुन्तै सुत्दा खाना फुड पाइमा आउँछ । यसले गर्दा निन्द्रा नलाग्न सक्छ । दिनहुँ राती अबेर खाना खाँदा शरीरमा कोलोस्टोर बढ्छ । यसले हृदय रोगको खतरा बढाउँछ । राती अबेर खाना खाँदा राम्ररी निन्द्रा पुग्दैन । यसले आफ्नो कार्य क्षमता घटाउँछ साथै तनाव पनि बढाउँछ । नियमित जसो राती अबेर खाना खाने बानीले उच्च रक्तचाप निम्त्याउन सक्छ ।
खाना खादा के गर्नु हुन्छ र के गर्नु हुँदैन ?
खाना खाँदा बोल्नु हुँदैन । जुत्ता चप्पल लगाएर, उठेर, नराम्रा कुराहरु हेर्दै र सुन्दै खाना खानु हुँदैन । दक्षिण दिशातर्फ फर्केर खाना खान हिन्दुधर्म ग्रन्थहरुमा निषेध गरिएको छ । दक्षिण दिशातिर फर्केर खाएको खानाले शरीर र स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरु दिने गर्दछन् । त्यसकारण सकेसम्म खाना खाँदा पूर्व वा उत्तरतिर फर्केर नै खानुपर्छ । पश्चिमतिर फर्केर खानुलाई पनि ठिकै मानिएको छ ।
आयुर्वेदमा खाना खानु भन्दा ठीक अघि पछि र खाना खाने समयमा पानी खानु हुँदैन भनेको छ । खाना खाँदा पानी पिएमा त्यसले विषको काम गर्छ भन्ने मान्यता छ । यस कुरालाई भौतिक विज्ञानले पनि स्वीकारेको छ ।
खाना खाइसकेपछि बज्र आसनमा बस्नाले खाएको कुराहरु पच्दछ । खाना खाएपछि १०० पाइला हिँड्नाले शरीरलाई अनावश्यक मोटो हुन दिँदैन भन्ने कुरा आयुर्वेदमा भनिएको छ ।
खाने बित्तिकै सुत्यो भने अनेक प्रकारका रोगहरु लाग्छन् । मोहीले पाचन क्रियालाई मजबुत बनाउने भएकाले खाना खाएपछि मोही खानु उत्तम हुन्छ । खानेबित्तिकै ध्यान गर्न, व्यायाम गर्न, शरीरमा तेल लगाउन हँुदैन । चुठेपछि चिसो हातले आँखामा स्पर्श गर्नाले आँखा तेजिलो हुन्छ भन्ने शास्त्रीय मान्यता छ । खाना सकेसम्म चरेशको थालमा खानु उत्तम हुन्छ ।
आफूले नसक्ने खाना जुठो लगाएर फाल्नु हुँदैन, यसो गर्नाले घरमा दरिद्रता लाग्दछ भनिन्छ । नरुच्ने र नपच्ने खाना खानु हुँदैन । महर्षि चरकले दीर्घ जीवनको लागि कम खाना खानु भनेका छन् ।
यज्ञवल्क्यका अनुसार पेटको पाँच भागमध्ये तीन भाग अन्न, एक भाग पानीले भर्नुपर्छ भने एक भाग हावाको लागि खाली नै राख्नुपर्छ । यसरी भोजन गर्ने मानिस पेटका रोगहरुबाट पीडित हुनुपर्दैन र उसले स्वस्थ र शान्तसँग आफ्नो जीवनयापन गर्न सक्दछ भन्ने शास्त्रीय मान्यता छ ।



लाेकपाटी न्यूज

