भाेलि विप्लवकाे नेपाल बन्द, बढ्दैछ सरकार-विद्राेही दुरी

Biplab netra bikram chand
लाेकपाटी न्यूज

काठमाडौ, २९ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्यकर्ता पक्राउको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । नेता–कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै यही फागुन ३० गते आमहड्तालसहित नेपाल बन्दको घोषणा गरेको नेकपाले जनाएको छ ।

नेकपाका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सङघर्षको कार्यक्रम घोषणा गरेका छन् । विप्लवको विज्ञप्तीमा भनिएको छ ‘केपी–प्रचण्ड सरकारले केही समयदेखि देशभरी नै फासिस्ट दमन अभियान तीव्र वनाएको छ ।’

दमनका क्रममा २३ गते बिहान ५ बजे कपिलवस्तु शिवराज नगरपालिका वार्ड नं ९ को अञ्चलपुरका युवा दुर्गा बहादुर रोकालाई घरबाट समातेर चौकीमा पु¥याई पुन सुन्दरीडाँडा जंगलमा लगेर गोली हानी घाइते तुल्याएको छ भने देशभरीबाट केन्द्रीय सदस्य कमरेड वन्धु चन्द, किसान संगठनका अध्यक्ष राजु कार्की सहित सयौं नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

विप्लव नेतृत्वको नेकपाले विज्ञप्तिमा भनेको छ, ‘ती विषय हाम्रा नभएर नेपाली जनताका विषय हुन् र जनताकै हितका लागि पार्टीले प्रतिरोध संघर्षको बाटो पकडिरहेको छ । विडम्बना, कथित वामपन्थी कम्युनिष्टको सरकार भनिने सामाजिक दलाल पूँजीवादी सरकारले ती राष्ट्रघाति, जनघाति, भ्रष्ट तत्वहरुको रक्षार्थ हाम्रो पार्टी विरुद्ध दमन गरिरहेको छ । हामी जनता र देशको हित, न्यायपूर्ण आवाज र संघर्ष विरुद्ध हुने कुनै पनि प्रकारको दमनको सशक्त प्रतिरोध गर्ने विषयलाई आफ्नो कर्तव्य ठान्दछौं ।’

उनीहरुले सरकारले अहिले जुन प्रकारकाे दमनकाे नीति लिएकाे छ त्याे सह्य नहुने बताएका छन् । विज्ञप्तिमा भनिएकाे छ, ‘फासिस्ट दमनलाई पनि कुनै हालतमा सहन गर्न सकिँदैन । जसरी शिवगडीका जनताले न्यायपूर्ण प्रतिरोध गरे त्यसरी नै देशव्यापी यसको उचित प्रतिरोध आवश्यक छ । यसैका लागि हाम्रो पार्टीले कपिलवस्तुको गोलीकाण्ड, देशभरी भइरहेको सेनाप्रहरी परिचालन र दमनका विरुद्ध यही फागुन ३० गते आमहड्ताल सहित नेपाल बन्दको आयोजना गरेको छ । यो बन्दलाई यातायात, शिक्षा, स्वास्थ्य, कलकारखाना लगायत सम्पूर्ण क्षेत्रहरु बन्द गरेर सहयोग पु¥याइदिन हुन विशेष आग्रह गर्दछौं ।’

शुक्रबार मात्रै प्रधानमन्त्री ओलीले (नेकपा)का कारण आफूहरुलाई पनि नेकपा भन्न लाज लाग्ने अवस्था आएको भन्दै विप्लवलाई पार्टीको नाम लुटेरा समुह राख्न भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए ।

केही दिनदेखि नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि दमनको भाषा बोलेको भन्दै वक्तव्यमा अगाडि भनिएको छ, ‘केही दिन अगाडि प्रचण्ड र केपीले दमनको धम्की दिनु र देशैभरी गोली चलाउने, सेनाप्रहरी परिचालनदेखि चरम दमन हुनुले उनीहरुको फाँसिवादी चरित्र उदाङ्गो भएको छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्