काठमाडौं, २९ फागुन । वैदेशिक रोजगारीमा पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काठमाडौं बसुन्धरास्थित डेल्टा म्यानपावरका संचालक सिन्धुपाल्चोक घर भएका राजन केसीलाई बानेश्वरबाट मंगलबार साँझ पक्राउ गरिएको छ ।
राजनले तुर्की देश पठाईदिन्छु भनी करिब ७० जनासँग प्रतिव्यक्ति ४ लाखका दरले पैसा उठाइ हालसम्म विदेश नपठाएको सम्बन्धमा अनुसन्धानको क्रममा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो ।
पीडितहरुले राजनलाई बानेश्वरबाट नियन्त्रणमा लिएकोमा बैदेशिक रोजगार बिभागले आवश्यक कारवाहीको लागि प्रहरी कार्यालयमा पठाएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



लाेकपाटी न्यूज

