चीनमा पढेका १५० मध्ये ११० डाक्टर नेपालमा फेल

https://archive.lokpati.com/wp-content/uploads/2018/09/Doctor-with-Patient.jpg
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि दिएको विशेष परीक्षामा सहभागी चिकित्साशास्त्रमा एमडी, एमएस, एमडीएस उत्तीर्ण १ सय ५० डाक्टरमध्ये १ सय १० जना फेल भएका छन्।

चीनमा पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल भएका हुन्। नेपालमा चिकित्साकीय अभ्यासका लागि अनुमति प्रदान गर्न लिइने विशेष परीक्षामा उनीहरु उत्र्तीण हुन नसकेका हुन्। काउन्सिलले चीनको सरकारी विश्वविद्यालयमा समस्या नरहे पनि निजीमा डाक्टरी पढाइका लागि विद्यार्थी नपठाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई सुझाव दिएको छ ।

यो परीक्षामा नेपाल, भारत, चीन, पाकिस्तान, बेलारुस, जापान, किर्गिस्तान फिलिपिन्स, दक्षिण कोरिया, रुसी महासंघ, अमेरिका र बेलायतलगायत १२ मुलुकमा पढेर आएका विशेषज्ञ डाक्टर सहभागी भएकामा ४० प्रतिशत फेल भएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्