चोरीमा संलग्न ४ जना पक्राउ

nepal-police
लाेकपाटी न्यूज

काठमाडौं, २८ फागुन । रामेछाप सुनापाती-५ घर भएका ४१ वर्षीय ओमराज श्रेष्ठ, काठमाडौं महानगरपालिका-३१ पुरानो बानेश्‍वर डेरा गरी बस्ने भारत मोतिहारी घर भएका ३५ वर्षीय पारस प्रसाद र ३२ वर्षीय सन्तोष पोदारलाई बाथरुम तथा धारामा प्रयोग गरिने बिभिन्न सामानहरु ३८ बोरा, चाँदीका बिभिन्न किसिमका भाडाकुँडाहरु ९ किलो ५ सय ग्राम र नगद ७० हजार रुपैयाँ तथा सामान ओसारपसार गर्न प्रयोग भएको बा.१४ च ७२६९ नम्बरको भ्यान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-४ धुम्बाराहीस्थित कर्णबहादुर चौलागाईको हार्डवेयर पसलबाट अपरिचित व्यक्तिहरुले फागुन २१ गते मंगलबार विभिन्न सामानहरु चोरी गरेको घटनाको विशेष अनुसन्धानबाट बा.१ ज २१९२ नम्बरको ट्याक्सी चोरीमा संलग्न भएको खुल्न आए पश्चात ट्याक्सी चालक ओमराज श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

श्रेष्ठलाई सोधपुछ गर्ने क्रममा उनको बयान अनुसार काठमाडौं महानगरपालिका-३१ डेरा गरी बस्ने पारस प्रसाद र सन्तोष पोदारलाई चोरी गरी लुकाई छिपाई राखेका विभिन्न सामानहरु सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्