विभिन्न अभियोगमा दश पक्राउ

nepal-police
लाेकपाटी न्यूज

भक्तपुर, २७ फागुन। मध्यपुर ठिमी–२ सानोठिमीस्थित सडकबाट प्रहरीलाई १ हजार १ सय ५० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बा.२ख. ७२७१ नम्बरको ट्रिपरका चालक सिन्धुपाल्चोक चौतारा नगरपालिका–१० का २८ वर्षीय मन्दिर माझीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित खटिएको प्रहरीले उक्त ट्रिपर जाँच गर्ने क्रममा चालक माझीको साथमा सवारी चालक अनुमतिपत्र नभएकाले उनले उक्त रकम दिई प्रहरीलाई प्रलोभनमा पारी कारवाहीबाट बच्न खोजेका थिए ।

त्यसैगरि जनकपुर–१५ स्थित भित्री सडकखण्डबाट लुकाईछिपाई भारततर्फ लैजान लागेको करिब १ सय ग्राम सुन र करिब २५ किलो चाँदीसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत मधुवनी बस्ने ३७ वर्षीय कृष्णकुमार महतो र सोही ठाउँ बस्ने ३० वर्षीय रूपेश महतो रहेका छन्।

सोही ठाउँस्थित कुवावाट लोहना हुँदै भारततर्फ जाँदै गरेको बिआर ३२ एस ४३५७ नम्बरको मोटरसाइकलमा जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्की मुनी लुकाईछिपाई राखेको उक्त सुन र चाँदी फेला पारी चालक कृष्णकुमार र मोटरसाइकलमा सवार रूपेशलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै काठमाडौं दक्षिणकाली–५ फर्पिङ बजारबाट पर्सा वीरगञ्ज–बस्ने ३९ वर्षीय ईश्वरबहादुर उदासलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई लागूऔषध फेनारगन ४५ एम्पुल, नुर्फिन ४५ एम्पुल र डाईजेल्याब ४५ एम्पुल र अवैध इन्जेक्सन सहित पक्राउ गरिएको हो।

सोही ठाउँस्थित खटिएको प्रहरीले जाँच गर्ने क्रममा शंकास्पद रुपमा हिँडिरहेका ईश्वरबहादुरले बोकेको झोलामा उक्त लागूऔषध फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

रुपन्देहीको देवदह खैरेनी बस्ने २५ वर्षीय अनिस पुरीको अपरिचित ब्यक्तिहरूले आइतबार साँझ ढुङगा प्रहार गर्दा मृत्यु भएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित ब्यक्तिहरूले सोही ठाउँस्थित घोडाहमा ढुङगा प्रहार गर्दा गम्भीर घाइते भएका पुरीको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्