काठमाडौं। अधिकांश मिस नेपालहरु यो टाइटल जितेपछि फिल्ममा आउने गरेका छन्। श्रृङ्खला खतिवडाले पनि यो प्रश्न फेस गर्नु स्वभाविक नै थियो।
तर, उनले आफूलाई फिल्ममा आउन कुनै पनि रुचि नभएको बताएकी छिन्। आफूले मिस नेपाल भएलगत्तै फिल्ममा काम गर्ने रुचि नभएको बताएकाले पनि कसैले पनि अफर नगरेको बताएकी हुन्।
श्रृङ्खलाले आफू आर्किटेक्चरको विद्यार्थी भएका नाताले पनि आफूले यसमा नै काम गर्ने बताइन्। आफ्नो फिल्ड नै अर्को भएकाले आफूले फिल्म नखेल्ने र आफूलाई अभिनय पनि नआउने उनको भनाइ थियो।
मैले यति धेरै माया पाएँ, जुन कुरा कल्पना पनि गरेको थिइनँ। उनले आफू नयाँ सोंचका साथ काम गर्ने पनि बताएकी छिन्।



लाेकपाटी न्यूज

