किशन र रेश्माको नयाँ म्युजिक भिडियो

Kisan regmi reshma kc video
लाेकपाटी न्यूज

काठमाडाैं। सञ्चारकर्मी तथा गायक किशन रेग्मी र गायिका रेश्मा केसीको ‘कुम जोडी नाचौ लाग्यो’ गीतको भिडियो सार्वजनिक भएको छ।

गीतकार शिव शर्मा चञ्चलको शब्द र यस जी योगीको संगीतमा रहेको ‘कुम जोडी नाचौं’ गीत युएस मिडिया नेटवर्कको युटुव च्यानलमार्फत भिडियो सहित सार्वजनिक भएको हो।

चलचित्र निर्देशक तथा अग्रज कलाकार शिशिर राणाको निर्देशनमा बनेको यो गीतको भिडियोमा मोेडल द्वय निकोलस अर्याल र एञ्जल श्रेष्ठको अभिनय रहेको छ। ललितपुरको भैंसेपाटीमा छायाङ्कन गरिएको यस भिडियोमा शिव ढकालको छायाङ्कन रहेको छ।

हाल अमेरिकामा रहँदै आएका गायक किशन रेग्मी अमेरिकाबाट सञ्चालित युएस खबर डटकमका सञ्चालक हुन्। रेग्मीको यस अघिको’ कान्छी हे कान्छी गीत’लाई पनि स्रोता दर्शकले अत्याधिक रुचाएका थिए।

नेपाल रहँदा दाङको रेडियो मध्यपश्चिम र स्वर्गद्वारी एफ एममा लामो समय काम गरेका रेग्मी दाङ चलचित्र पत्रकार महासंघका संस्थापक अध्यक्ष समेत हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्