‘जनतामाथि हुने अपराध सह्य हुँदैन’

pradip
लाेकपाटी न्यूज

काठमाडौं, २४ फागुन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कुनै पनि राजनीतिको आवरणमा निर्दोष जनतामाथि हुने अपराध सरकारको लागि सह्य नहुने बताएका छन् ।

विप्लव समूहले अवैध ढङ्गबाट हातहतियार जम्मा गरेर त्यसमार्फत निर्दो जनतामाथि खेलवाड गरिरहेको भन्दै यसरी अवैध ढङ्गले हतियार सङ्कलन गर्नु कानून विपरीत रहेको बताए । कुनै पनि समूहको नाममा देश र जनतामाथि गरिने हिंसालाई रोक्नु र देशमा शान्ति सुरक्षा कायम गर्नु सरकारको प्रमुख दायित्व भएको उनको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घ गुल्मीद्वारा आज गुल्मीको सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले चन्दा नदिएको आधारमा हिंसालाई चन्दा असुलीको माध्यम बनाउने कुरा कदापि उचित नभएको र उक्त बाटो गलत भएको भन्दै त्यसलाई समयमै पुर्नविचार गर्न विपल्व समूहलाई आग्रह गरे ।

‘आपाराधिक कुरा आपराधिक हिसाबले गरिन्छ, राजनीतिक कुरा राजनीतिक हिसाबले गरिन्छ’ उनले भने ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्