राट्रिय हितमा कुनै सम्झौता हुँदैन : गृहमन्त्री थापा

Ram-bdr-thapa-badal
लाेकपाटी न्यूज

कैलाली, २२ फागुन। नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप कैलालीको धनगढीमा मंगलबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ।

उक्त अवसरमा गृहमन्त्री थापाले हाल मुलुकमा कानून निर्माणको क्रममा रहेको चर्चा गर्दै हालसम्मका समस्यालाई निर्मूल गर्ने र राष्ट्रिय हितमा कुनै असर नपर्ने गरी कानूनमा नै समावेश गरिने बताए।

आर्थिक अपराधी, संघीयता, संविधान तथा राष्ट्रिय अखण्डता विरोधी, समाजिक अपराधी, विकास निर्माणमा वाधा र्पुयाउने लगायत चोरी तस्करी गर्ने जस्ता आपराधिक तत्वलाई निस्तेज पार्ने जिम्मेवारी सुरक्षा निकायको भएकोले त्यही अनुसार काम गर्न मन्त्री थापाले निर्देशन दिए।

गृहमन्त्री थापाले राष्ट्रलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाई नेपाल सरकारको सुखी नेपाली समृद्ध नेपाल भन्ने राष्ट्रिय संकल्पलाई सफल पार्न गृहमन्त्री थापाले निर्देशन दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्