टीकापुर घटनाकाे फैसलापछि राजपाकाे आकस्मिक बैठक

Rajendra-Mahato
लाेकपाटी न्यूज

काठमाडाैं, २२ फागुन । टिकापुर घटनाबारे अदालतको फैसला आएपछि राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको आकस्मिक बैठक बस्ने भएकाे छ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनका कार्यक्रम घोषणा गर्ने विषयमा छलफल हुने बताइएकाे छ ।

थरुहट आन्दोलनका क्रममा वि.सं २०७२ भाद्र ७ गते टीकापुरमा भएको प्रदर्शनका क्रममा  नेपाल प्रहरीका तत्कालिन एसएसपीसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो ।

अदालतले बुधबार राजपा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ । 

संसद सकिएपछि बस्ने अध्यक्ष मण्डलको बैठकले अदालतको फैसला र पार्टीले चाल्ने कदमबारे छलफल गर्ने महासचिव केशव झाले जनाएका छन् ।
 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्