महायज्ञमा चार करोड ८४ लाख सङ्कलन

dxfxsf
लाेकपाटी न्यूज

चितवन, २१ फागुन । माघको अन्तिम साता तनहुँको देवघाटधाममा आयोजना गरिएको देवघाटधाम विराट ज्ञानमहायज्ञमा रु. चार करोड ८४ लाख सङ्कलन भएको छ ।

महेश सन्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षको अवसर पारेर महायज्ञको आयोजना गरिएको थियो ।

महायज्ञका महासचिव एवं संस्कृत गुरुकुलका प्राचार्य डा. गुरुप्रसाद सुवेदीकाअनुसार महायज्ञबाट रु. दुई करोड ६२ लाख बचत भएको छ । महायज्ञका क्रममा आउने भक्तालुलाई आयोजकले देवघाटमै बस्ने तथा खाने सबै सुविधा प्रदान गरेकाले महायज्ञको व्यवस्थापनमा रु. दुई करोडभन्दा बढी खर्च भएको हो ।

वि.सं २०५० मा स्थापना भएको गुरुकुलले कक्षा ६ देखि स्नातकोत्तरसम्म विद्यार्थीलाई आवासीय सुविधासहित पढाउँदै आएको छ । महायज्ञबाट बचत भएको रकमलाई अक्षयकोषमा राखेर संस्कृत शिक्षाको प्रवद्र्धनका लागि खर्च गरिने आश्रमका अध्यक्ष श्री १००८ स्वामी रमणानन्द गिरीले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्