‘रवीन्द्रकाे सपना साकार पार्छु’ : विद्या भट्टराई

Rabindra
लाेकपाटी न्यूज

काठमाडौं, २१ फागुन । ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारीको सम्मानमा श्रद्धान्जलि सभा सम्पन्न गरिएको छ ।

मंगलबार उनको सम्मानमा उक्त सभा उनको निवासमा सम्पन्न गरिएको हो । सभामा स्व. अधिकारीकी पत्नी विद्या भट्टराई आफ्ना पतिले देखेको विकास र समृद्धिको सपना पूरा गर्न लागिपर्ने बताइन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको आयोजनामा अधिकारी निवास मालेपाटनमा सम्पन्न सभामा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गरुङलगायतका वक्ताहरुले स्व. अधिकारीले युवा विद्यार्थी आन्दोलनदेखि संसदीय भूमीका र मुलुकको संस्कृति पर्यटन तथा नागरिक उड्यानका क्षेत्रमा छोटो समयमा दिएको योगदानको चर्चा गरेका थिए ।

ताप्लेजुङमा यहि फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाले ज्यान गुमाएका थिए । मन्त्री अधिकारीकै इच्छा अनुसार उनको काजकिरिया बेग्लै ढङ्गले गरिएको थियो । शुक्रबार राजकिय सम्मानका साथ अन्त्यष्टि गरिएपछि उनको निवासमा विभिन्न क्षेत्रका अगुवा तथा राजनीतिक व्यक्तित्वहरुबाट अधिकारीसँगका स्मृति सार्वजनिक गरी श्रद्धान्जली व्यक्त गर्ने गरिएको थियो ।

सोमबार नेकपा संसदीय दलका उपनेता तथा पुर्व सभामुख सुवास नेम्वाङले रवीन्द्र अधिकारीको निधनले पुर्याएको क्षतिलाई कुनै शब्दमा बयान गर्न नसकिने भन्दै परिवारलाई शोकलाई शक्तिमा बदल्न आग्रह गरे ।

यस्तै रविन्द्र अधिकारीका गुरु जोर्ज जोनले भावुक हुँदै भने, ‘हरेक कुरामा पालो मिच्ने बानी थिएन तर आज रवीन्द्रले पालो मिचेर जानुभयो । म ८७ वर्ष पुगेँ जानुपर्ने बेला मेरो थियो । उहाँ किन जानुभयो मैले बुझिन ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्