विमानस्थलमा भेटिए १५ सय अवैध कछुवा

कछुवा
लाेकपाटी न्यूज

फिलिपिन्स, २० फागुन । फिलिपिन्सको राजधानी मनिलास्थित विमानस्थलमा १५ सयभन्दा बढी कछुवा फेलापरेका छन् ।

फिलिपिन्स प्रहरीले मनिलास्थित विमानस्थलमा टेपमा बेरिएका १५ सय भन्दा बढी कछुवा फेला पारेको हो । झण्डै ८७ हजार अमेरिकी डलर मूल्यका ती कछुवा चारवटा बेवारिसे लगेजमा फेला परेका हुन् ।

अवैध रूपमा कछुवा बोकेर ल्याउनेहरूले वन्यजन्तुको गैरकानुनी कारोबारका दोषीले कडा दण्ड सजाय भोग्ने डरले तस्करहरूले ती कछुवाहरू राखिएको झोला त्यतिकै छाडेर भागेको प्रहरीले आशंका गरेको छ ।

ती तस्करहरू पक्राउ परेमा तिनीहरूले दुई वर्षको जेल सजाय भोग्नुका साथै र दुई लाख फिलिपीनी पेसो जरिवाना तिर्नुपर्ने हुनसक्छ । चारवटा बेवारिसे झोलामा विभिन्न प्रजातिका ती १५ सय २९ फेला परेका कछुवामा सुल्काटा टर्टोइसेस् प्रजातिको कछुवा पनि छ जसलाई आइयुसिएनले लोपोन्मुख जीवजन्तुको रातो सूचीमा राखेको छ ।

फिलिपिन्सको भन्सार ब्यूरोले जनाए अनुसार ती कछुवाहरू हङकङबाट आएका एकजना फिलिपिनो यात्रुले छाडेर गएका हुन्। ती कछुवाहरूलाई देशको वन्यजन्तु तस्करी निगरानी एकाइलाई हस्तान्तरण गरिएको छ ।