एजेन्सी । अमेरिकामा आएको शक्तिशाली भूमरीले कम्तिमा २३ जनाको ज्यान लिएको छ ।
आइतबार अमेरिकाको अलाबामामा आएको शक्तिशाली भूमरीका कारण २३ जनाले ज्यान गुमाएका हुन् ।
आइतबार पूर्वी अलाबामाको लि काउन्टीमा ठूलो आधीले भूमरी निम्ताएको थियो । मृत्यु हुनेमा केहि बालबालिका समेत रहेको बताइएको छ ।
भूमरीले मानविय क्षतिका साथै घरहरु भत्काएको, रुखहरु भाचेको जनाइएको छ । इस्ट अलाबामा मेडिकल सेन्टरका अनुसार ४० जनाभन्दा बढी घाइते भएका छन्। भने उद्धारकार्य अझै जारी रहेको छ ।
अधिकारीहरुका अनुसार भूमरीसहितको उक्त आँधीले अलाबामामा ४ हजार घरपरिवार विद्युत विहिन भएका छन्।



लाेकपाटी न्यूज

