काठमाडौं, १९ फागुन । बुढानिलकण्ठ नगरपालिका–१० कपनस्थित ह्यण्डबल ग्राउण्डबाट उदयपुर गाईघाट–२ घर भएका ३५ वर्षीय गंगाबहादुर तामाङलाई चोरी गरेको मोटरसाइकल सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित जाँच गर्ने क्रममा बा.९८ प ५०८६ नम्बरको मोटरसाइकल माण्डिखाटारबाट चोरी गरी ल्याउँदै गरेको अवस्थामा फेला पारी गंगाबहादुरलाई महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।



लाेकपाटी न्यूज

