विदेश भ्रमणमा जान जनप्रतिनिधिबीच गोलाप्रथा

Mayor
लाेकपाटी न्यूज

नेपालगञ्ज । जनप्रतिनिधिबीच वैदेशिक भ्रमणको विषयमा विवाद भएपछि गोला प्रथा गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच विवाद उग्र भएपछि को जाने भन्ने विषयमा गोलाप्रथा गरिएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।

उपमहानगरमा आएको स्वीजरल्याण्ड, थाइल्याण्ड र दुबई भ्रमणको कोटाका लागि विवाद चर्किएको हो । जनप्रतिनिधिबीच आफू नै जान पाउनुपर्छ भन्ने अडानका कारण गोलाप्रथा गर्नु परेको उपमहानगर स्रोतले जानकारी दियो ।

विदेश भ्रमणका लागि आएका १० वटा कोटामध्ये नेकपा, कांग्रेस र राप्रपालाई क्रमशः तीन÷तीन र एउटा फोरमको भागमा परेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्