मोटरसाईकल दुर्घटनमा एकको मृत्यु

death
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

वीरगन्ज, १८ फागुन । पर्सामा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

पर्सामा निर्माणाधिन हुलाकी सडक खण्डमा भएको सवारी दुर्घटनामा परी पर्सागढी नगरपालिका वडा नम्बर ८ जिङ्ना बस्ने वर्ष १६ की प्रतिमा रामको मृत्यु भएको हो । यस्तै मोटरसाईकल चालक भारत विहारको वेतिया बस्ने २१ बर्षका रामधेनी राम गम्भीर घाईते भएका हुन् ।

पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर–६ पर्सौनी चौकमा निर्माणाधिन हुलाकी सडक खण्डमा बा ३३ प ८२५९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । मोटरसाईकल ठोक्किएर गम्भीर घाईते भएकी प्रतिमाको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मछिन्द्र केसिले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते रामधेनीको पनि नारायणी उपक्षेत्रीय अस्पतालमा नै उपचार भईरहेको छ । स्थानीयका अनुसार दुवैजनाको यहि फागुन महिना विवाह तय भएकोे थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्