नयाँ दिल्ली, १७ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीबीच तनावपूर्ण स्थित र्सिजना भएको छ ।
लोकसभा चुनावको सङ्घारमा आएर राजनीतिमा विपक्षबाट प्राय सत्तारुढको आलोचना हुनु कुनै नौलो कुरो होइन । उनी केही समय अगाडि पनि मोदीविरुद्ध धर्नामा नै बसेकी थिइन् । तर, पुलवा आक्रमणपछि मोदीले पाकिस्तानमाथि गरेको हवाई हमलापछि विपक्षीले पनि मोदीको कामको प्रशंसा गरेको थियो । तर ममताले भने मोदीको यस कामप्रति गम्भिर प्रश्न चिन्ह उठाएकी छिन् ।
सरकारले उक्त आक्रमणपछि जैस ए मोहम्मदका ३ सय भन्दा बढि आतंककारी र कमाण्डर मारिएको दाबी गर्यो । तर, पाकिस्तान र अन्तराष्ट्रिय मिडियाले भारतको हवाई आक्रमणबाट कुनै पनि मानविय क्षति नभएको स्पष्ट पार्यो । सोही कारण ममताले मोदीसँग बालाकोटमा गरिएको हमलामा कति जना आतंककारी मारिए त्यसको हिसाब दिन माग गरेकी छिन् ।
उनले एक मिडियासँग कुरा गर्दे भनिन् ‘पाकिस्तानमा हवाई आक्रमणपछि मोदीले कुनै सर्वदलीय बैठक बोलाएनन् । हामी चाहन्छाैँ की मोदी सरकार यो अपरेशनको विवरण पेश गरोस् । जहाँ बम खसालियो त्यहाँ कति मान्छे मारिए त्यसको विवरण पेश गरियोस् । सरकारले यस अपरेशनको पूरा विवरण सार्वजनिक गर्नुपर्छ ।’
उनले आफूलगायत अन्य राजनीतिक पार्टी भारतीय सेनाको पक्षमा रहेको तर राजनीतिका लागि युद्ध आफूलाई स्वीकार नहुने बताइन् । उनले भनिन् “हामी युद्ध राजनीतिका लागि चाहदैनौँ । यदि युद्ध देशका लागि हो भने हामी समर्थन गछौँ । तर चुनाव जित्नका लागि युद्ध हामी चाहदैनौँ । हामी शान्ति चाहन्छौँ” ।
उनले अप्रत्यक्ष रुपमा मोदीले राजनीति र चुनाव जित्नका लागि पाकिस्तानमा आक्रमण गरेको इंगित गर्दै भनिन् ‘हामी हाम्रो देशलाई माया गछौँ । तर लाभकै लागि सेनाको रगतमा राजनीति नगरौँ ।’ अप्रत्यक्ष रुपमा उनको भनाइले मोदीले यतिबेला सेनाको रगतमा होली खेलिरहेको सङ्केत गर्छ ।
पछिल्ला घटनाक्रमहरु हेर्दा मोदीले पुलवा घटनालाई लिएर राजनीति गरिरहेको प्रष्ट छ ।
पाकिस्तानले भारतसँग शान्तीका लागि अनेक प्रयास र वार्ताको पहल गर्दासमेत कुनै चासो देखाएका छैनन् । यतिबेला भारतमा पुलवा घटनालाई लिएर पाकिस्तानसंग बदला लिनुपर्ने भारतीय जनताको निकै माग छ ।
पाकिस्तानप्रति भारतीय जनताको आक्रोस छ । यसलाई उनले आगामी चुनाव जित्नका लागि हतियारको रुपमा प्रयोग गरेको विश्लेषण भइरहेको छ ।
मोदी यतिबेला पाकिस्तानसँग राम्रो सम्बन्ध बनाउने पक्षमा देखिएका छैनन् किनकी यदि उनले यसो गरेको खण्डमा उनले पाउने मत गुम्ने निश्चित छ । सोही कारण पनि यतिबेला मोदीले सेनाको रगतमा राजनीति गरेको आरोप लागिरहेको छ ।



लाेकपाटी न्यूज

