काठमाडौं, १७ फागुन । बाल गायिका अनुषा ओलीको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।
झापा जिल्लामा जन्मिएकी बाल गायिका अनुषा ओलीको ‘हुनेलाई सबको माया’ बोलको मार्मिक गीत भिडियो सार्वजनिक भएको हो ।
उक्त गीतमा हरि लम्सालको संगीत र किरण के. उप्रेतीको शब्द रचना रहेको छ ।
बिराट ज्योति इङ्ग्लिश स्कुलमा कक्षा ७ मा अध्यनरत अनुषा बिर्तामोडमा रहेको सरगम संगीतालयमा संगीत सिकीरहेकी छिन । भविस्यमा सफल गायिका बन्ने उदेश्य बोकेकी अनुषाको स्वर सुमधुर छ ।
शारीरिक रुपमा अशक्त अनुषाको स्वरमा जादु देखेर कविता शिवाकोटीले सहयोग गरेकी छिन । निश्चल केसीले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन् ।
भिडियोमा अन्जली अधिकारी, सुरज श्रेष्ठ, रमा थपलिया र गायिका स्वयम् अनुशाको अभिनय रहेको छ । उक्त गीत गायिका ओलीको आफ्नै कथा व्यथा रहेको गायिकाले बताईन् ।
म्युजिक १ नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत भिडियो सार्बजनिक गरिएको छ ।



लाेकपाटी न्यूज

