किन गए निर्मलाकाे घरमा सभापति देउवा ?

sher Bahadur Deuwa
लाेकपाटी न्यूज

काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरमा बलात्कार पछि हत्या भएकी १३ वर्षीया बालिका निर्मला पन्तको परिवारलाई भेटेका छन् ।

पन्त परिवारलाई भेट्न देउवा कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित पन्त निवासमा पुगेका हुन्। शुक्रबार बिहान सभापति देउवा पार्टीको कार्यक्रमका लागि कञ्चनपुर पुगेका थिए ।

सरकारले निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेकाे भन्दै कांग्रेसले विराेध गर्दै आएको छ। देउवा निर्मलाको घरमा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्