एजेन्सी । भारतीय सेनाले पाकिस्तानको बालकोटमा हवाइ आक्रमण गरेपछि दुई देशबीचको स्थिति तनावग्रस्त बनेको छ ।
यस तनाव ग्रस्त स्थितिको प्रभाव भारतमा हुन लागेको निर्वाचनमा पनि पर्ने देखिन्छ । भारतको निर्वाचनमा नरेन्द्र मोदीको जितबाट सबैभन्दा बढी लाभ पाकिस्तानको खास सत्तालाई हुन्छ । त्यसैले पाकिस्तानले मोदी जीतोस भन्ने चाहान्छ ।
पाकिस्तानीहरूमा कांग्रेसको जितले हिन्दू अन्धराष्ट्रवादी भारतको डर त्यति उत्पन्न गर्न सक्दैन जति भाजपाको जितले गर्छ ।
त्यसैले आक्रमणको समय र शैलीले भारतीय निर्वाचनमा मोदीको जित सुनिश्चित गराउने उद्देश्य भएको सङ्केत गर्छन्। यसअघि भारतीय निर्वाचनमा मोदीको जित सुनिश्चित थिएन ।
तर अब जे अवस्था छ, अब मोदीले जित्ने लगभग निश्चित छ र पाकिस्तानी गुप्तचर संयन्त्र यही चाहन्छ । किनकि एउटा बलियो भारत, जोसँग पाकिस्तान डराओस्, त्यसले पाकिस्तानीलाई जतिसुकै अलोकप्रिय काम गरे पनि पाकिस्तानी सेनाको पछाडि उभ्याइदिन्छ ।
तर, यो बुझ्न के जरुरी छ भने पाकिस्तानको खास सत्तालाई मोदीको जितले फाइदा पुग्छ भन्नुको अर्थ आक्रमणसँग मोदीको कुनै सम्बन्ध छ भन्ने पक्कै होइन । तर, मोदीको जित पाकिस्तानी सेनाको आवश्यकता हो । किनकि यसबाट उसले पश्तुन र बलुचमाथि गरिरहेको अत्याचार लुकाउन सक्छ ।
पाकिस्तानमा यसबेला कैयौँ घरेलु दबावहरू छन्। सबैभन्दा ठूलो समस्या पश्तुन आन्दोलन हो जो त्यहाँको अखण्डताका लागि ठूलो खतरा हो । बलुचिस्तानमा भइरहेको सङ्घर्ष पनि त्यहाँको निम्ति खतरा हो । एउटा बलियो भारतबाट हुने खतराले पाकिस्तानलाई आन्तरिक रूपमा एकजुट बनाउँछ ।
यदि पाकिस्तानको तर्फबाट हेर्ने हो भने केही चरमपन्थी मारिनुले उसको रणनीतिक मुद्दालाई प्रभावित तुल्याउँदैन । तर भारतमा मोदीको जित सुनिश्चित बनाउन आक्रमण गर्नु पाकिस्तानको खास सत्ताको रणनीतिक आवश्यकतासँग अवश्य पनि मेल खान्छ ।



लाेकपाटी न्यूज

