मुम्बई । ‘अल इण्डीया सिने वर्कर एसोसिएशन’ले भारतीय प्रधानमन्त्री मोदीलाई पाकिस्तानी कलाकारका लागि भिजा जारी नगर्न अपील गरेका छन् ।
एसोसिएशनले चिठी लेख्दै भन्यो, ‘प्रधानमन्त्री मोदीलाई अपील गरेका छौँ कि उनी कुनै पनि पाकिस्तानी कालाकारलाई भिजा नदिउन । यूतै कुनै पनि भारतीय चलचित्र अथवा कन्टेन्ट पाकिस्तानमा रिलिज नगरियोस् ।’
आफ्नो चिठीमा एसोसिएशनले भनेको छ, ‘हामी आशा गर्छौँ कि भारत सरकारले कडा कदम उठाउने छ र आतङ्की संगठनको अनुदान गर्ने राष्ट्रलाई प्रतिबन्ध लगाइयोस् । भारको १.३ अर्ब जनता यस कामका लागि सरकारको साथमा छन् ।’
जम्बु कश्मीरको पुलवामा गरिएको हमलाको बदला लिदैँ भारतीय वायुसेनाले पाकिस्तानको बालकोटस्थित आतङ्की संगठन जैश ए मोहम्मदको स्थानमा हमला गर्यो । भारतीय वायुसेनाका फाइटर विमानहरूले गरेको उक्त बम आक्रमणको भारतीय कलाकाहरूले पनि स्वागत गरे ।
मंगलबार बिहान ३ बजेर ३० मिनेटमा भएको आक्रमणमा आतंककारीको अखडा ध्वस्त भएको र करिब तीन सय आतंककारी मारिएको बताइएको थियो ।
उक्त आक्रमणको बलिउड कलाकारहरू अभिनेता अजय देवगण, अभिषेक बच्चन, परेश रावल, मल्लिका शेरावत, विवेक ओवराय, गायक कैलाश खेरलगायतले समर्थन गर्दै स्वागत गरेका थिए ।



लाेकपाटी न्यूज

