काठमाडौं, १४ फागुन । तारकेश्वर नगरपालिका वडा नम्बर २ का क्षेत्रप्रसाद ढकालले आफुलाई आफ्नै छिमेकी तथा नेपाल सरकारका सह–सचिव रुद्रप्रसाद लामिछानेले कुटपिट गरेको भन्दै न्यायको लागि सरकारसमक्ष अपिल गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै पीडित ढकालले रुद्र प्रसाद लामिछानेले आफुलाई पद र शक्तिको आडमा पटक–पटक दुःख दिँदै आएको गुनासो पोखे । बिनाकारण सह–सचिव लामिछाने आफुलाई ज्यान मार्ने योजना बनाएको पनि ढकालले आरोप लगाए । उनले भने, ‘आज म बाध्य भएर राज्यसंग बाँच्न पाँउने अधिकारको माग गर्न पत्रकारहरुसामू उपस्थित् भएको छु ।’
गत माघ १ गते बेलुका आफ्ना नातिले घर अगाडि मोटरसाईकल धोईरहेको बेला बिधवा बुहारी र नातीलाई आफ्नो मोटर साईकल हटाउन जवरजस्ती गर्दे नेपाल सरकार भौतिक योजना तथा निर्माण मन्त्रालयका बहालवाला कर्मचारी लामिछानेले आफूमाथि भौतिक आक्रमण गरेको ढकालले बताए ।
मरणासन्न हुनेगरि कुटपिट गरेपश्चात् रुद्रप्रसादकै निजकै चालकले सरकारी गाडीमा हालेर शिक्षण अस्पताल पुर्याएर छोडेको पनि उनले जनाए । चार दिन अस्पताल बसाईको क्रममा ४७ हजार ९ सय ३० रुपैयाँ २२ पैसा उपचार खर्च बिल तिर्नुपरेको उनको भनाई छ ।
उनले भने, ‘मैले आफ्नो माहिलो छोरा नियोजित रुपमा नै गुमाएको हुँ । मेरी बिधवा बुहारीलाई मुख छोडेर गालिगलौच गदै परिवारलाई नै निज सहसचिव लामिछानेले ज्यान मार्ने धम्की दिएको छ, सरकारले तुरुन्त मेरो परिवारको बाँच्न पाँउने अधिकारको सुनिश्चितता गरोस ।’
त्यस्तै कार्यक्रममा अधिवक्ता तथा भ्रष्टाचारबिरोधि अभियन्ता सि.पी. पौडेलले पीडक रुद्रप्रसाद लामिछानेले पद तथा शक्तिको दुरुपयोग गर्दे सर्वसाधरणमाथि ज्यादती गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
उनले भने, ‘निज लामिछानेले पीडित परिवारलाई ज्यानमार्ने योजना बनाईरहेको हाम्रो ठम्याई हो, उनलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ ।’ त्यस्तै राज्यले पीडित ढकाल परिवारको सुरक्षाको ग्यारेण्टी लिनुपर्ने पनि उनले माग गरे ।
पीडित ढकालको जमिनमा जबरजस्ती एक कोठाको भवन, एउटा शौचालय तथा मोटर बाटो निकालेर उल्टै ज्यान मार्ने योजना बनाएको उनले खुलासा गरे । घट्नाबारे जानकारी गराउँदै अधिवक्ता पौडेलले राज्यबाट पाँउनुपर्ने न्यायको अहिले अपहेलना भएको कडा प्रतिक्रिया दिए ।
उनले शक्तिको आडमा बसेर लामिछानेले मनमौजी गरिरहेको पनि आरोप लगाए । उनले भने, ‘निज पीडककलाई कुटपिट तथा ज्यानमार्ने उद्योगअनुसार कारबाही गर्नुपर्छ , तर पीडित परिवारले पटक–पटक निवेदन दिँदा समेत प्रहरी प्रशासनले कुनै सहयोग गरेको पाईएन् ।’
अधिवक्ता पौडेलले पीडित परिवारलाई आगामी एक हप्ताभित्र राज्यले न्याय नदिए उनीहरुको लागि आफूले काठमाडौंको टुँडिखेलमा आत्मदह गर्ने घोषणा समेत गरेका छन् । अधिवक्ता पौडेलले ढकाल परिवारमाथि ज्यादती गर्ने नेपाल सरकारका सह–सचिव लामिछानेको सम्पत्तिसमेत छानबिन गर्न नेपाल सरकारसँग माग गरेका छन् ।
पीडित क्षेत्रप्रसाद लामिछानेकी श्रीमती चिनीमैयाँ ढकालले आफ्नो परिवारका सदस्यरुको ज्यान तल माथि भए त्यसको सम्पूर्ण जिम्मेवारी नीज रुद्रप्रसाद लामिछानेले लिनुपर्ने बताइन् । आफुलाई जिउँदै मारेर आफ्नो जन्मथलो छोड्न बाध्य पारिएको उनको गुनासो छ ।
आफ्ना श्रीमानलाई मर्ने गरी कुटपिट गर्दासमेत प्रहरी प्रशासनले शक्तिकै आडमा आफूहरुको मुद्दा दर्ता नगरेको पनि उनले आरोप लगाइन् ।



लाेकपाटी न्यूज

