लागूऔषधसहित ४ पक्राउ

Arrest
लाेकपाटी न्यूज

कपिलवस्तु । कृष्णनगर नगरपालिका–२ बसपार्कबाट करिब १३ ग्राम १ मिलिग्राम बराबरको ४ सय ३२ पुरिया ब्राउन सुगरसहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँस्थित बाणगंगा नगरपालिका–७ बस्ने १८ वर्षीय प्रदेसी थारु, ३१ वर्षीय सन्दिप भुषाल, २६ वर्षीय राजु थारु र अर्घाखाँची सितगंगा नगरपालिका–९ बस्ने १८ वर्षीय उदय सुनार रहेका छन् ।

सोही ठाउँस्थित ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा चारै जनाको साथमा उक्त ब्राउनसुगर तथा संदिप भुषालको साथबाट नाइट्राभेट २७ ट्याब्लेट र स्पास्मो जस्तो देखिने निलो ३ क्याप्शुल समेत फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरि खोटाङको जन्तेढुङगा गाउँपालिका–१ रुतुम्वा बस्ने ४२ वर्षीय अमृतराज राई र उनको ४० वर्षीया श्रीमती विक्रीमाया राई आइतबार साँझ आफ्नै घरमा सुतिरहेको अवस्थामा अपरीचित व्यक्ति आई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका छन् ।

घाइतेहरुलाई प्रहरीले उपचारका लागि उदयपुरको बेल्टारतर्फ पठाएको छ । घटनामा संलग्न रहेको आशंकामा १ जनालाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्