ट्वीटरका सहसंस्थापकले दिए राजीनामा

twitter founder
लाेकपाटी न्यूज

क्यालिफोर्निया, १२ फागुन । सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिएका छन् । राजीनामा दिँदै उनले आफ्नो ध्यान अरु नै काममा गर्न लागेको बताएका छन् ।

हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृत समेत रहेका विलियम्स सन् २००८ देखि २०१० सम्म ट्वीटरको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । विलियम्सले सन् २०११ मा ट्वीटर छोडे पनि अद्यापि कार्यसमितिका सदस्य थिए ।

सन् २०१७ मा उनले कम्पनीमा रहेको आफ्नो ३० प्रतिशत शेयर बिक्री गरेका थिए । कम्पनी छोड्ने घोषणासम्बन्धी ट्वीटमा विलियम्सले ट्वीटरका संस्थापक साथी बिज स्टोन र कम्पनीका अरु साथीहरुलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्