युएई, ११ फागुन । युएईमा ऐतिहासिक पहिलो डम्फु साँझ हुने भएको छ । तामाङ जातिको लोकप्रिय बाजाको रुपमा स्थापित डम्फुको संरक्षण र संवद्र्धनको हेतुले सो साँझ गर्न लागिएको हो ।
डम्फु आफैँमा एउटा लोकबाजा हो । तर, पछिल्लो समय यसको प्रयोग कम गर्न थालिएको पाइएको छ । नेपाली मौलिकताको पहिचान दिने यो बाजाको संरक्षण् गर्नुपर्ने आवश्यकता भएको छ ।
त्यही कुरालाई मध्यनजर राख्दै युएईमा पहिलो पटक युएई डम्फु साँझ–२०१९ काे अायाेजना गर्न लागिएको हो ।
उक्त कार्यक्रममा सहभागी हुन सेलो जगतका विभिन्न विधाका कलाकारहरु समेत युएई आउने भएका छन् । सेलो सांगितिक क्षेत्रका पुरानो गायिका इन्दिरा गोले तामाङ, चर्चित सेलो गायक विश्व दोङ, फूल कुमार बम्जन, सेलो गायिका जितु लोप्चन,म्हेन्दो माया गायक सुमन घले, तामाङ चलचित्रका बरिष्ठ नायक अमिर दोङ तामाङ , नायिकाहरु सुस्मा मोक्तान तामाङ, सुनिता लुङ्बा तामाङको साथ सञ्चारकर्मी स्मारिका थिङ डम्फू साँझ-२०१९ बृहत् सांस्कृतिक कार्यक्रममा सहभागी हुन युएई आउने भएकाे अनिश तामाङले जानकारी दिएका छन् ।



लाेकपाटी न्यूज

