चलचित्रमा राज्यले लगानी बढाउनुपर्छ : प्रचण्ड

film5045
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक र्पतिष्ठानको आयोजनामा दोश्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१९ को पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।

राष्ट्रियसभा गृहमा प्रमुख अतिथि रहेका दाहालले महोत्सवको एक डमी अनावरण गरी महोत्सवको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटनपछि महोत्सव सुरु भएको वरिष्ठ सिने पत्रकार तथा महोत्सव आयोजक संंस्थाका उपााध्यक्ष एवंं महोत्सव चलचित्र छनोट संंयोजक विजयरत्न तुलाधरले स्वागत मन्तव्य व्यक्त गरे ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भएको महोत्सवका आयोजकलाई प्रचण्डले धन्यवाद दिँदै विश्वमा रहेका देशलाई एकअर्कामा आपसी एकता, सद्भाव बढाउन महोत्सवले भूमिका खेल्ने बताए । महोत्सवले नेपालको कला, संस्कृति, सभ्यता, परम्परा र भूगोललाई विश्वसामू चिनाउन सफल हुनेमा जोड दिए । अध्यक्ष प्रचण्डले विश्वलाई चिनाउने सफल चलचित्र क्षेत्रमा राज्यको लगानी बढाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अनि महोत्सवमा निर्णायक समितिका संंयोजक नीर शाह, सुनिल थापा लगायतले महोत्सवले स्वदेश तथा विदेशका कला संस्कृतिबारे जानकारी गराएका थिए । प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवमा ३० देशका ६० ठूलासाना चलचित्र प्रदर्शन गरिने जानकारी दिएका थिए ।

यस महोत्सवका लागि विभिन्न ६०० चलचित्रबाट उत्कृष्ट चलचित्रलाई प्रदर्शन गर्न थालिएको प्रतिष्ठानका अध्यक्ष पाठकले बताए । राष्ट्रियसभा गृहमा भइरहेको महोत्सव चार दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा बङ्गलादेश, चीन, भारत, अमेरिका, जापान, सिङ्गापुर, मलेसिया, फिलिपिन्स लगायतका कला, संस्कृतिसँग जोडिएका चलचित्र प्रदर्शन गरिने छ ।

महोत्सवका बेला चलचित्र निर्माण गर्ने निर्माता, निर्देशकसँग पनि अन्तक्र्रिया गरिने प्रतिष्ठानका अध्यक्ष पाठकले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्