१७ हजार लिटर अवैध मदिरा नष्ट

alcohol
लाेकपाटी न्यूज

काठमाडौं, ९ फागुन। नेपाल प्रहरीले काठमाडौंको नागेश्वर गल्लीबाट अवैध मदिरा बनाउने कारखानामा छापा मारी करिब १७ हजार लिटर अवैध मदिरा बिहीबार बिहान बरामद गरी नष्ट गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले सोही ठाउँस्थित जस्ताका टहराहरुमा छापा मार्दा घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ करिब १५ हजार ७ सय लिटर र तयारी घरेलु मदिरा करिब १ हजार ५ सय लिटर फेला पारी बरामद गरेको हो ।

स्थानीयबासी, वडा प्रतिनिधि, स्थानिय भद्रभलाद्मी तथा समाजसेवीहरुको रोहबरमा सोही स्थानमा पोखी उक्त मदिरा नष्ट समेत गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्