नेविसंघकाे नेतृत्व चयनमा विवाद चर्किदै

Nebisang
लाेकपाटी न्यूज

काठमाडौं, ७ फागुन । नैनसिंह महरा नेतृत्वको कमिटीले राजीनामा दिएपछि नेपाल विद्यार्थी संघको नेतृत्व चयनको विवाद जटिल बनेको छ । पार्टी नेतृत्वले विधानलाई उपेक्षा गर्दै तदर्थ समिति बनाउने तयारी गरेपछि नेविसंघमा विवाद चर्किएको हो ।

यस्तै सरोकारवाला पक्षसँग कुनै परामर्श र छलफल नगरी तदर्थ समिति बनाउन लागिएको भन्दै असन्तुष्ट पक्षले समानान्तर समिति गठन गर्ने तयारी गरेको छ ।

नेपाली कांग्रेसको कार्य समिति बैठकले नेपाल विद्यार्थी संघको परिमार्जित विधानअनुसार ३२ वर्षे उमेर प्रावधान बहुमतले पारित गरेको थियो ।

नेपाल विद्यार्थी संघले सर्वसम्मतिमा तयार पारेको संघीय संरचनाअन्तर्गतको विधान नेपाली कांग्रेस कार्यसमितिले तोडमोड गरी पारित गरेकोप्रति स्वयं विद्यार्थी संघ असन्तुष्ट छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह तथा कृष्णप्रसाद सिटौलाले विरोध गर्दै आएका छन्।

आफू निकटका नेतालाई तदर्थ समितिमा घुसाउन विधान मिच्ने तयारी भएपछि असन्तुष्ट समूहले विधान संरक्षणका लागि समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचनद्र पौडेल, उपसभापति विमलेन्द्र निधि, सहामहामन्त्री प्रकाशशरण महत, सभापति पत्नी आरजु देउवाले आफू निकटका नेतालाई तदर्थ समितिमा ल्याउन खोजेको कारण गत पुस ९ गतेदेखि जारी केन्द्रीय कमिटी बैठकले विघटित नेपाल विद्यार्थी संघको बारेमा निर्यय गर्न सकेको छैन ।
नेपाली कांग्रेस संस्थापन पक्षबाटै विधानविपरीत उमेर हद काटेका नेतालाई तदर्थ समितिमा ल्याउने तयारी देखिएको छ ।

तदर्थ समितिलाई अधिवेशन गराउन जिम्मेवारी दिने भनिए पनि समयमै निवाचन नगर्ने षड्यन्त्र नेतृत्वबाटै चलखेल सुरु भएको भन्दै विद्यार्थीहरू आक्रोशित बेनेका छन ।

कांग्रेस केन्द्रीय कार्य समिति बैठकबाटै बहुमतले पारित संघको विधानविपरीत ३२ वर्षे उमेरहद मिचे त्यसको कडा प्रतिवाद गर्दै समानान्तर केन्द्रीय समिति गठन गर्ने तयारी असन्तुष्ट पक्षको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्