भारतमा भएको पर्यटन व्यापार मेलामा नेपालले जित्यो पुरस्कार

मेला
लाेकपाटी न्यूज

काठमाडौं, ६ फागुन । भारतको बेंग्लोरमा भएको पर्यटन, भ्रमण फेयरको पर्यटन व्यापार (TTF) मेलामा नेपालले उच्च सम्मान पाएको छ । कर्नाटकका पर्यटन मन्त्री एस आर महेशले उद्घाटन गरेको पर्यटन व्यापार मेलामा नेपालको स्टलले सर्वश्रेष्ठ सजावटको लागि उत्कृष्टता (Best Decoration Award) पुरस्कार हात पारेको हो ।

विगत ३० वर्षदेखि भारतको ठूलो ट्राभल सो नेटवर्ककको रुपमा रहेको टीटीएफको ट्राभल एण्ड टुरिष्ट फेयर २०१९ मा १५ स्टल रहेका थिए । मेलामा रहेका स्टल एवं विभिन्न ट्राभल एजेन्सीहरुले भ्रमणका लागि सस्ता प्याकेजहरु अफर गरेका थिए । फेब्रुअरी १५ बाट १७ सम्म चलेको सो मेलामा नेपालको स्टलमा पुरातात्विक एवं नेपालको संस्कृति झल्काउने विभिन्न उत्पादनहरुको प्रर्दशनी गरिएको थियो ।

टीटीएफले भारत, नेपाललगायत अन्य मुलुकका ट्राभल एजेन्सी एवं टुरिष्टहरुलाई सीटी ट्राभलका लागि जोड्ने गर्छ । यो फेयर राष्ट्रिय एवं अन्र्तराष्ट्रिय बेंग्लोरको प्लेस ग्राउण्डमा एकै छानामुनि भेटाउन मद्दत गर्छ जुन पर्यटकका लागि निकै आकर्षक क्षेत्र हो । बेंग्लोर प्लेस १८८७ मा बनेको थियो ।

पहिलो दिन विजनेसका लागि मात्रै खुला गरिएका स्टल दोस्रो दिन सर्वसाधारणका लागि खुला भएको हो । मेलाको उद्घाटनमा कर्नाटकका आइएस टी के अनिल कुमार, आई पिए स प्रियंका मेरी फ्रान्सेस लगायतको उपस्थिति रहेको थियो ।

मन्त्री एस आर महेश र सचिव अनिल कुमारले नेपालको स्टलमा उपस्थिती जनाउँदै नेपाली उत्पादनको प्रयोग गर्न पाउनुको महत्वबारे एवं नेपाल भ्रमण जिन्गीको पूर्ण अनुभव रहेकोमा जोड दिँदै टुरिष्ट वर्ष २०२० को लागि नेपाल पुग्नैपर्ने गन्तव्य रहेको भन्दै यसलाई सफल पार्न सबैलाई आग्रह गरे ।

सन् २०१८ मा नेपालमा २ लाख भन्दा बढी पर्यटक भारतबाट भित्रिएको थिए । नयाँ वर्ष २०१९ को पहिलो महिनामै १४,६०० भारतीय पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । जुन गत वर्षको यही अवधिको भन्दा २०.६ प्रतिशतले बढी हो । यस अनुसार नेपालको पर्यटन व्यापारमा भारतको राम्रो योगदान रहेको देखिन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्