प्रमूख जिल्ला अधिकारी भट्टराईको निधन

लाेकपाटी न्यूज

काठमाडौं, ६ फागुन । बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ ।

सडक दुर्घटनामा घाइते भएका प्रजिअ भट्टराईको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा सोमबार निधन भएको हो ।

प्रजिअ भट्टराईका भाइ नरेश भट्टराईले उनको मृत्यु भएको बताए । उनले केही समय अघि दाजुको मृत्यु भएको र आफु अस्पतालमै रहेको जानकारी दिए ।

पूर्व पश्चिम राजमार्गको पसाहा पुल नजिक प्रमुख जिल्ला अधिकारी भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेल चढेको जीप दुर्घटना भएको थियो । माघ १२ गते बाराको निजगढमा आयोजित एक कार्यक्रममा भाग लिएर उनी कलैया जाँदै थिए ।

उक्त घटनामा परी प्रहरी उपरिक्षक पोखरेलको घटनास्थलमा नै निधन भएको थियो भने उनलाई उपचारका लागि े शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्