काठमाडौं ६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तापक्ष र प्रतिपक्षी दलका चार जना शीर्ष नेताहरुसँग भेटवार्ता गरेकी छिन्।
सत्तारुढ दल नेकपाबाट प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमूख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई शीतलनिवासमा बोलाएर भण्डारीले समसामयिक विषयमा छलफल गरेकी हुन् ।
भेटमा सहभागी कांग्रेस उपसभापति गच्छदारकाअनुसार भेटमा राष्ट्रपति भण्डारीले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिएकी थिइन् । त्यस्तै देशको पछिल्ला अवस्था र समसामयिक विषयमा छलफल समेत भएको उनले जनाए । मुलुकमा पछिल्लो समय भ्रष्टाचार ह्वात्तै बढेको भन्दै राष्ट्रपति भण्डारीले यसप्रति नेताहरुको ध्यानाकार्षण गराएकी थिईन् ।



लाेकपाटी न्यूज

