मायामा पर्दाका ६ वैज्ञानिक फाइदा

love
लाेकपाटी न्यूज

काठमाडौं । भ्यालेन्टाइन डे अधिकांश जोडीका लागि एउटा माया साटासाट गर्ने वा प्रेम प्रस्ताव राख्ने वार्षिक पर्व हो । यसको अर्थ यो होइन कि वर्षमा एकपटक जोडीले माया गर्नुपर्छ ।

माया गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ । माया वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै अभूतपूर्व फाइदा गर्छ । मायाका अनगिन्ती स्वास्थ्य फाइदा छन् । मायामा पर्दा स्वास्थ्यमा निम्न ६ वटा फाइदा यस्ता छन् ः

छालामा चमक
मायामा पर्दा एउटा अनौठो अनुभव हुन सक्छ । आफूलाई संसारकै उच्च स्थानमा रहेको अनुभूति हुनुको अतिरिक्त मायाले तपाईंको छालामा चमक थपिदिन्छ । विज्ञहरुका अनुसार मायामा पर्दा शरीरले इन्ड्रोफिन्सलगायतका हर्मोन निष्कासन गर्छ । यसले पीडाबोधक हर्मोन कोर्टिसोल निष्कासनको मात्रा घटाउन सहयोग गर्छ ।

डिप्रेसन जित्ने शक्ति
माया गर्ने व्यक्तिको साथ र हात पाएपछि डिप्रेसनलाई सजिलै हराउन सकिन्छ। वैज्ञानिकहरुका अनुसार मायाले इन्ड्रोफिन्सलगायतका खुसी बनाउने हर्मोन निष्कासन गर्न सहयोग र्पुयाउँछ । शरीरमा यस हर्मोनको वृद्धिले डिप्रेसनलाई जित्न सहयोग र्पुयाउँछ ।

रक्तचाप घटाउँछ
एनल्स अफ बियभियरल मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार खुसी विवाह वा सम्बन्ध भएको जोडीको रक्तचाप अन्य (अविवाहित वा एकल) को तुलनामा न्यून थियो । तपाईंको सम्बन्धले रक्तचापलाई निर्देशित गर्ने स्वास्थ्य विज्ञहरु बताउँछन्। उनीहरुका अनुसार असन्तुलित वा नराम्रो सम्बन्ध हुने मानिसको रक्तचाप उच्च हुने गर्छ ।

तनाव घटाउँछ
मायाजालमा उनिनु निकै रमाइलो अनुभूति हो। राम्रो सम्बन्ध हुने जोडीमा निरन्तर खुसी बनाउने हर्मोन निष्कासन हुन्छ र तनावलगायतलाई हराउँछ । यसबाहेक तपाई खुसी हुँदा दुःखी बनाउने हर्मोन कोर्टिसलको मात्रा घट्छ र बिन्दास भएर बाँच्न सकिन्छ ।

दीर्घायुको अवसर
विज्ञहरुका अनुसार खुसी र स्थिर सम्बन्ध भएका मानिसहरु धेरै वर्ष बाँच्छन्। मायाले एक अर्कोलाई सुरक्षा र आफ्ना दुःखसुःख आदानप्रदान गर्ने अवसर दिन्छ। जोडीमध्ये एउटालाई समस्या पर्दा अर्कोलाई आफ्ना समस्या सेयर गर्ने र छलफलबाट समाधानको उपाय समेत खोज्ने हुँदा प्रायः समस्या समाधान गरी विभिन्न रोग लाग्नबाट बचाउनुका साथै दीर्घजीवी हुने अवसर प्रदान गर्छ ।

शारीरिक तन्दुरुस्ती
सँगसँगै मिलेर काम गर्ने र सल्लाह गर्ने जोडीले सजिलै आफ्नो उद्देश्य पूरा गर्न सक्छ। यसबाहेक मायामा जमेको जोडीले एक अर्कालाई स्वस्थ रहन उत्प्रेरणा दिनुका साथै सुन्दर र फुर्तिलो हुन हौसला प्रदान गर्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्