शुरु भयो ‘हेरिटेज पेजेन्टस् २०१९’

sundari
लाेकपाटी न्यूज

काठमाडौं, १ फागुन । ‘हेरिटेज पेजेन्टस्’ को २०१९ को संस्करण विधिवत् रुपमा शुरु गरिएको छ । युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उद्देश्यले यसको शुरुवात गरिएको हो ।

प्रतियोगितामा सहभागि हुन गत १२ फेब्रुअरीमा सिंगापुर आइपुगेका विभिन्न मुलुकका सहभागिहरुलाई स्वागत तथा अफिसियल स्यास हस्तान्तरण गरिएको छ ।

प्रतियोगिताका लागि सो दिन सम्म नेपाल, भारत, सिंगापुर, थाइल्याण्ड, फिलिपिन्स, सेन्ट्रल एशिया, कजाकिस्तान, केन्या, नाइजेरिया, क्यामरुन लगायतका मुलुकका प्रतिस्पर्धीहरु आइपुगेका थिए । अन्य सहभागिहरु आउने क्रम जारी नै छ ।

सिंगापुरको अंकल रिंगो काइन्डनेस कार्निभलमा फेब्रुअरी १६ मा प्रतियोगिताको ग्राण्ड फिनाले सम्पन्न हुने भएकोछ । यस पटकको हेरिटेज् पेजेन्टस् २०१९ अन्तर्गत मिस हेरिटेज इन्टरनसनल र मिसेस् हेरिटेज इन्टरनेसनल २०१९ को उपाधि लागि प्रतिस्पर्धा हुनेछ ।

इप्लानेट प्रा.लि. आयोजनामा संचालन हुने यस पटकको आयोजनामा सिंगापुर सरकार, सिंगापुर काइन्डनेस मुभमेन्ट, अंकल रिंगो काइन्डनेसन कार्निभल, सिंगापुर तथा मलेसिया स्थित कलाइमनि केयर्सको सहकार्य रहने आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए ।

सिंगापुरका सुसान सान्फुर्मी कोहको संयोजनामा संचालन हुने यो प्रतियोगिताका लागि नेपालबाट संचारकर्मी एवं इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफर रहनेछन् भने बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको पनि प्रतियोगिताको कोरियोग्राफीमा सहकार्य रहनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्