म विचारको
मात्र होइन
व्यवहारको घनश्याम
बौद्धिक मात्र होइन
जनमैत्री घनश्याम
खोजिरहेछु
जुनदिन घनश्यामको
शरीर रहेन
म भौतिक
घमश्याम होइन
त्यस्तै बौद्धिक घनश्याम
खोजिरहेछु
जसले जनसंवाद
गर्न सकोस्
जसले गर्न सकोस
प्रतिभाको सम्मान
जुटाओस आन्दोलन प्रति सम्मान
दिलाओस विश्वास
परिवर्तनको
आज पनि म
घनश्याम र घनश्यामहरु
खोजिरहेछु
सौन्दर्यशास्त्रको उदाहरण
स्वयम् घनश्यामहरु
कथाका उत्पीडित पात्र
घनश्यामहरु
चेतनाका वाहक
घनश्यामहरु
संगठक संरक्षक अभियन्ता
समग्रमा
जनलेखक
घनश्याम जस्तै
प्रिय
विचार र व्यवहार
प्रणेता
खोजिरहेछु निरन्तर ।
✍️ तेजविलास



लाेकपाटी न्यूज

